News Griha :: न्यूजगृह
सरोकारवालासँग कांग्रेसले भन्यो— शिक्षा विधेयक सच्याउँछौं
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

सो विषयवस्तुमाथि मंगलबार संघीय संसद भवनमा छलफल भएको हाे । प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका उपस्थित थिए ।

त्यसैगरी नेपाल शिक्षक महासंंघ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी थिए ।

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग ६ बुँदे सहमति भएको थियो । 

ईसीडी, राहतलगायतका शिक्षक.भने अहिले पनि आन्दोलनमै छन् । सो विधेयक गत भदौ २७ गते संसदमा  दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:३०
Weather Update