News Griha :: न्यूजगृह
क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक : एनपीएल आफैँ गर्ने, प्रधानमन्त्री कपको फाइनल तीन दिवसीय 

काठमाडौं— नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) आफैँ आयोजना गर्ने निर्णय गरेको छ ।

क्यान नयाँ कार्यसमितिको पहिलो बैठकले मार्च–अप्रिल, २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

क्यानको बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागिता रहने प्रतियोगिताको सेमिफाइनल खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गर्ने स्रोतको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:५७
Weather Update