बहाना सुन किन्ने, उद्देश्य चोरी

काठमाडौं— सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ का ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ का २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय बिरेन्द्र बिक र भारतीय नागरिक ३७ वर्षीय हनुमन्त फाँडे छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले काठमाडौं उपत्यकाको ७ बढी स्थानमा सुन पसलमा गई गरगहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेका अनुसन्धानबाट खुलेको प्रहरीको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० २०:०१