News Griha :: न्यूजगृह
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै 
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए । 
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अनन्त चतुर्दशी व्रत, तपाईंको राशिफल हेर्नुस्
आज अनन्त चतुर्दशी व्रत, तपाईंको राशिफल हेर्नुस् असोज ११ गते बिहीबार । भदौ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग गण्ड गर पूर्वभाद्र । आज इन्द्रजात्रा । काठमाडौं उपत्यका बिदामा बिदा । अनन्त चतुर्दशी व्रत । विश्व रेबिजविरुद्ध दिवस । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस । तपाईंको राशिफल हेर्नुहोस् ।
ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति
ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीच ४ बुँदे सहमति भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ई: र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ई:ले आन्दोलन स्थगित गरेका छन् । 
साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो ।
पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा
पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए । 
अन्तिम संस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा
अन्तिम संस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्ष २१ की मनिषाको शव जलाउन लागेको अवस्थामा प्रहरीले घाटबाट नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि प्रहरीले मृतक महिलाका श्रीमान, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।
सुन आयातको कोटा बढ्यो, अब बैंकहरूले दैनिक २० किलोसम्म आयात गर्न पाउने
सुन आयातको कोटा बढ्यो, अब बैंकहरूले दैनिक २० किलोसम्म आयात गर्न पाउने नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो । योसँगै अब बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउनेछन्  ।
कार्यालय पुगेपछि दैनिक १५ मिनेट योग अभ्यास गर्न गृह मन्त्रालयको परिपत्र 
कार्यालय पुगेपछि दैनिक १५ मिनेट योग अभ्यास गर्न गृह मन्त्रालयको परिपत्र  गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई परिपत्र गरेको छ । उपसचिव भीमकान्त शर्माले सबै महाशाखाका प्रमुखहरूलाई गरेको पत्राचारमा बिहान कम्तीमा १५ मिनेट योग अभ्यास गर्नुपर्ने उल्लेख छ।
विकासको नाममा गाउँगाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती
विकासको नाममा गाउँगाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँगाउँमा बाटो पुर्‍याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । बुधबार ४४ औं पर्यटन दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
चीन भ्रमण आशा गरेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल
चीन भ्रमण आशा गरेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए ।
Weather Update