News Griha :: न्यूजगृह
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए । 

प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:४६
Weather Update