News Griha :: न्यूजगृह
चीन भ्रमण आशा गरेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् । 

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायलेसमेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए ।

prachanda-Lhasa-1-1695823074.jpg

राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्रीसँग सौहार्द्रपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारी गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको प्रचण्डको भनाई छ ।  

उनले भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको बताए ।

prachanda-Lhasa-1695823075.jpg

विगतमा सञ्चालन भएका प्राय सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे । 

Lhasa-prachanda-1-1695823073.jpg

prachanda-Lhasa-2-1695823074.jpg

तस्बिरहरूः रासस

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:५८
Weather Update