काठमाडौंका यी सडकमा सवारी आवागमन निषेध बिहीबार, असोज ११, २०८०

अछाममा गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार बिहीबार, असोज ११, २०८० अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
रास्वपाका नेताकार्यकर्ताले जनतालाई सडकमा बोलाउने होइन,अब धान काट्न बोलाउनुस् भन्नुपर्छ : लामिछाने बिहीबार, असोज ११, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरु अघि बढेको बताए ।

प्रधानमन्त्री दाहालले गरे कैलास पर्वतको अवलोकन बिहीबार, असोज ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कैलास पर्वतकाे अवलाेकन गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।

स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कारबाही गर्न गृहको पत्राचार बिहीबार, असोज ११, २०८० गृह मन्त्रालयले केही समययता स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवम् कानुनी कारबाही गर्ने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको हाे ।

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह बिहीबार, असोज ११, २०८० राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ ।
भ्रमपूर्ण सूचना आतंक बढेको छ : सञ्चारमन्त्री शर्मा बिहीबार, असोज ११, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन् ।

‘विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भए आर्थिक चहलपहल बढ्छ’ बिहीबार, असोज ११, २०८० कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए ।

सर्लाहीमा चिताबाटै शव नियन्त्रणमा बिहीबार, असोज ११, २०८० जलाउन लागिएको अवस्थामा एक युवतीको शव नेपाल प्रहरीले चिताबाटै नियन्त्रणमा लिएको छ ।सर्लाहीको रामनगर गाउँपालिका—१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

‘लिगलिगे राजा’ बन्ने दौड प्रतियोगिता कात्तिक १ मा बिहीबार, असोज ११, २०८० लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता बिहीबार, असोज ११, २०८० पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ...

सुनको मूल्यका भारी गिरावट बिहीबार, असोज ११, २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।

मापदण्डविपरीत व्यवसाय गर्नेलाई जरिवाना बिहीबार, असोज ११, २०८० मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।









