सर्लाहीमा चिताबाटै शव नियन्त्रणमा

काठमाडौं— जलाउन लागिएको अवस्थामा एक युवतीको शव नेपाल प्रहरीले चिताबाटै नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका—१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।
बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन तयार पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेश सुवेदीले न्यूजगृहलाई जानकारी दिए ।
सुवेदीको भनाइमा घटना शंकास्पद देखिएपछि युवतीका पतिसहितलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १२:४२