News Griha :: न्यूजगृह
उज्बेकिस्तानको विमानस्थल नजिकैकाे गोदाममा विस्फोट
उज्बेकिस्तानको विमानस्थल नजिकैकाे गोदाममा विस्फोट उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति चट्याङका कारण आगो लागेपछि विस्फोट भएको छ ।विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । ‘विष्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,’उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको...
एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने
एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ ।
सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।
एमाले बाग्मती प्रदेश अधिवेशनमा तीन सयले लिए उम्मेदवारी फिर्ता
एमाले बाग्मती प्रदेश अधिवेशनमा तीन सयले लिए उम्मेदवारी फिर्ता नेकपा एमालेको प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।
जुद्ध सालिकदेखि हिँडेर राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन
जुद्ध सालिकदेखि हिँडेर राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न :  सभामुख घिमिरे
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न :  सभामुख घिमिरे सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् ।सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन...
ईसीडी र राहत शिक्षकका माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह
ईसीडी र राहत शिक्षकका माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदमा पेस भएको शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
एसियाली खेलकुद : तेक्वान्दोमा पदकविहीन नेपालको  ब्याडमिन्टनमा विजयी सुरुआत
एसियाली खेलकुद : तेक्वान्दोमा पदकविहीन नेपालको  ब्याडमिन्टनमा विजयी सुरुआत १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । ब्याडमिन्टनमा भने पुरुष टोलीले विजयी सुरुआत गरेको छ ।आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको...
जलहरीमा घोटाला प्रकरण : भ्रष्टाचार मुद्दा दर्ता हुने  
जलहरीमा घोटाला प्रकरण : भ्रष्टाचार मुद्दा दर्ता हुने   पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको निष्कर्ष निकालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । पशुपतिको जलहरीमा अनियमितता भएको अख्तियारको निष्कर्ष शीर्षकमा न्यूजगृहले असोज ५ गते समाचार सार्वजनिक गरेको थियो । 
माइतीघरमा चिकित्सक आन्दोलन जारी, पेसागत सुरक्षा माग
माइतीघरमा चिकित्सक आन्दोलन जारी, पेसागत सुरक्षा माग सुरक्षा माग गर्दै चिकित्सकले बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका हुन् ।
इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन
इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्रा अवलोकन गर्न बिहीबार बसन्तपुर पुगेका छन् ।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
Weather Update