News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने

काठमाडौं— एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ ।

अभियानका क्रममा ठाउँ–ठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेन्डा जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको वाम विकल्पको तयारी र आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिसँग मिल्दै अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:२३
Weather Update