सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
सुर्खेत— कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।
गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए ।
उनले भने,‘यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।’
उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका खड्काले आर्थिक प्रतिकूलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १७:११