News Griha :: न्यूजगृह
म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा
म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा म्याग्दीको मालिका गाउँपालिका– ४ महभीरको  बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किएका छन् भने खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको बताए । 
फुटबलर विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन
फुटबलर विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया उडेका छन् । उनी देश छोडेर अस्ट्रेलियातर्फ प्रस्थान गरेको तस्बिर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ । यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् । 
माछापुच्छ्रे हिमाल
माछापुच्छ्रे हिमाल पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमाल ।
मन्त्री भुसालको छड्के अनुगमन
मन्त्री भुसालको छड्के अनुगमन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन गरेका छन् ।उनले काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।
एमाले कोशी प्रदेश अधिवेशन आज
एमाले कोशी प्रदेश अधिवेशन आज नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ । 
मुटु स्वस्थ राख्न अपनाउनुस् यी तरिका
मुटु स्वस्थ राख्न अपनाउनुस् यी तरिका आज विश्व मुटु दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ...
आजको विदेशी मुद्राको विनिमय दर कति ? [सूचीसहित]
आजको विदेशी मुद्राको विनिमय दर कति ? [सूचीसहित] जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । 
केरा खेतीबाट मनग्य आम्दानी
केरा खेतीबाट मनग्य आम्दानी वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । रानाले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको केरा...
बिरामी भर्ना गरी उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ
बिरामी भर्ना गरी उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ ।
अब हुम्ला हुँदै मानसरोवर यात्रा गर्न सकिने
अब हुम्ला हुँदै मानसरोवर यात्रा गर्न सकिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलास पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिएका हुन् । 
Weather Update