एमाले कोशी प्रदेश अधिवेशन आज

विराटनगर— नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन शुक्रबार सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ ।
अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एकहजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० ०८:२०













