एमाले बागमती अधिवेशनको मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा शुक्रबार, असोज १२, २०८०

आजको मौसम : भारी वर्षाको सम्भावना छ? शुक्रबार, असोज १२, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४ केजी सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ शुक्रबार, असोज १२, २०८० जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको हो ।

इजरायलमा कामदार पठाउने तयारी, न्यूनतम तलब १५ सय डलर बिहीबार, असोज ११, २०८० नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

श्री र फिस्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध बिहीबार, असोज ११, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एयरको हेलिकप्टरलाई ग्राउण्डेड गरेको हो ।

राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी बिहीबार, असोज ११, २०८० बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ ।

त्रिविका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने थप एक पक्राउ बिहीबार, असोज ११, २०८० त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्रध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने थप एक जना पक्राउ परेका छन् ।२०७७ असोज २० गते विश्वविद्यालय परिसरमा उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने मध्ये सयुस श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानसेनापति शर्मा बिहीबार, असोज ११, २०८० नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा भएको तेह्रौं संस्करणको इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन (आईपीएसीसी) मा सहभागी भएर प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किएका हुन्।
-1695907451.jpg)
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली बिहीबार, असोज ११, २०८० सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । गणपति, प्रमुख सेनानी अनिल केसीको कमान्डमा रहेको सो गणका ६०९ जना शान्ति सैनिक यसअघि नै मिसन इलाका पुगिसकेका छन् ।

खोटाङमा जीप चालकको शव भेटियो, घटना शङ्कास्पद बिहीबार, असोज ११, २०८० रावाबेँसी गाउँपालिका– ४ डुम्रेधारापानीमा जीप चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । ३३ वर्षीय जीप चालक आचार्यको शव बिहीबार ऐसेलुखर्क गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट नजिकै फेला परेको हो ।

एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरुद्ध ठगीको उजुरी, अनुसन्धान गर्दै प्रहरी बिहीबार, असोज ११, २०८० बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

मूल्यवृद्धि नियन्त्रणमा गम्भीर बन्न सरकारलाई अध्यक्ष नेपालको आग्रह बिहीबार, असोज ११, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।

कांग्रेस सिध्याउन खोज्नेहरू आफैँ सकिन्छन् : मन्त्री बस्नेत बिहीबार, असोज ११, २०८० बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गरे । भने, ‘कांग्रेस बिना प्रजातन्त्र रहँदैन्, भन्ने कुरा सबैलाई थाहा छ । र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधिहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरू एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ ।’









