कसले मार्ला बाजी?
एमाले बागमती अधिवेशनको मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

काठमाडौं— नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा शुक्रबार मतदान हुँदै छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।
अध्यक्ष पदमा पाँच आकाङ्क्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उम्मेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहाल बाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
यसअघि नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा सानु श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका थिए । तर उनले फिर्ता लिएका छन् । उनले सर्वसम्मतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताए । त्यस्तै, केशरबहादुर बुढाथोकीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । नेताहरूले उनको उम्मेदवारी फिर्ता भएको दाबी गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० ०६:३८













