News Griha :: न्यूजगृह
मूल्यवृद्धि नियन्त्रणमा गम्भीर बन्न सरकारलाई अध्यक्ष नेपालको आग्रह 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।

नेपालले भने, ‘यसरी जुन मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भइरहेको देखिँदैँन । भाउ एकै पटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भइरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चाहन्छौँ।’ 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:१५
Weather Update