News Griha :: न्यूजगृह
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली  

काठमाडौं— संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ शेर गण (शान्तिसेना) बाह्रौँ डफ्फालाई बदली गर्न खटिएको तारादल गण तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू बुधबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।  

सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । गणपति, प्रमुख सेनानी अनिल केसीको कमान्डमा रहेको सो गणका ६०९ जना शान्ति सैनिक यसअघि नै मिसन इलाका पुगिसकेका छन् । 

त्यस्तै, उक्त मिसनमा तैनाथ शेर गण बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिक, गणपति, प्रमुख सेनानी मदनजंग कार्कीको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएको छ । 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:०९
Weather Update