पूर्वानुमान
आजको मौसम : भारी वर्षाको सम्भावना छ?

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षका सम्भावना भने कम हुँदै गएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० ०६:२३