News Griha :: न्यूजगृह
एमाले बाग्मती प्रदेश अधिवेशनमा मतदान सुरु
एमाले बाग्मती प्रदेश अधिवेशनमा मतदान सुरु नेकपा एमाले बाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज सुरु भएको छ ।असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।बाग्मती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिस्पर्धा हुँदै छ ।
एमसीसीकी सीईओ एलिस अलब्राइट नेपाल आउँदै, प्रधानमन्त्रीदेखि शीर्ष नेतालाई भेट्ने
एमसीसीकी सीईओ एलिस अलब्राइट नेपाल आउँदै, प्रधानमन्त्रीदेखि शीर्ष नेतालाई भेट्ने अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छिन् ।आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा बिताउने कार्यक्रम रहेको बताइएको छ । 
रुकुमपश्चिममा आयोडिन नुन प्रयोग गर्ने बढे 
रुकुमपश्चिममा आयोडिन नुन प्रयोग गर्ने बढे  रुकुमपश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
सुनको मूल्य घट्यो, चाँदीको कति ?
सुनको मूल्य घट्यो, चाँदीको कति ? नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सिन्धुलीमा गाडी दुर्घटना, १० घाइते
सिन्धुलीमा गाडी दुर्घटना, १० घाइते सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको गाडी बिहान साढे ७ बजेतिर सडकमा पल्टिएको थियो ।
ईसीडी र राहत शिक्षकसँग सहमति गर्छौं : शिक्षा मन्त्रालय
ईसीडी र राहत शिक्षकसँग सहमति गर्छौं : शिक्षा मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा.हरि लम्सालले आन्दोलनरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी  शिक्षक) र राहत शिक्षकसँग वार्ता गरेर सहमति निकाल्ने बताएका छन् ।उनका अनुसार ईसीडी र राहत शिक्षकबीच आज वार्ता तय गरिएको छ । वार्ताका लागि मन्त्रालयले पत्र पठाइसकेको छ । लम्सालले भने, ‘शुक्रबार राहत र बालविकास शिक्षकका...
गोरखाको हर्मीमा बालबालिकालाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक
गोरखाको हर्मीमा बालबालिकालाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो ।
पुराना दललाई रविको अपिल— यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस्
पुराना दललाई रविको अपिल— यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी २०८४ सालमा हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।
विद्यार्थी विवरण अद्यावधिक गराउन केन्द्रको पत्रचार 
विद्यार्थी विवरण अद्यावधिक गराउन केन्द्रको पत्रचार  शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले कक्षा ११ र ११ का विद्यार्थी विवरण  अद्यावधिक गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।
वार्तामा जान्छौं, आन्दोलन पनि जारी राख्छौं : राहत शिक्षक 
वार्तामा जान्छौं, आन्दोलन पनि जारी राख्छौं : राहत शिक्षक  गत हप्तादेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच आज वार्ता हुने भएको छ ।
गाईघाट–दिक्तेल सडकको ठेक्का रद्द गर्ने उच्च अदालतको फैसला
गाईघाट–दिक्तेल सडकको ठेक्का रद्द गर्ने उच्च अदालतको फैसला देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले काम अलपत्र परेपछि गाईघाट–दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो । उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार खारेज गर्ने फैसला सुनाएको हो ।
Weather Update