
दोलखाको जामुनेमा थप ३ किलो सुन बरामद शुक्रबार, असोज १२, २०८० विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिँगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेका केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले बताए । हालसम्म तस्करले ल्याएको ७ किलो सुन...

कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान शुक्रबार, असोज १२, २०८० कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् ।

गर्लफ्रेन्डसँग डेटिङ गएका स्वास्थ्य शाखा प्रमुख बस्नेत जिम्मेवारी मुक्त शुक्रबार, असोज १२, २०८० झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । जङ्गलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

अभिनेता अनमोल केसी पक्राउ शुक्रबार, असोज १२, २०८० आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर शुक्रबार, असोज १२, २०८० विशेष अदालतका सदस्य यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको इजलासले गुप्तासहित इन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस लिने नासु र खरिदार पक्राउ शुक्रबार, असोज १२, २०८० उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको हो । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग उनीहरूले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवास्थिथ मालपोत चोकबाट पक्राउ गरेको हो ।

चाडबाडलक्षित बजार अनुगमन गर्न संसदीय समितिको निर्देशन शुक्रबार, असोज १२, २०८० प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुनसक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ शुक्रबार, असोज १२, २०८० वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

बाल सुधार गृहको छतबाट हामफालेर दुई बालकैदी फरार शुक्रबार, असोज १२, २०८० वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रबार दुई बाल कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार भएका हुन् ।

चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन शुक्रबार, असोज १२, २०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँगको छलफलमा शुक्रबार समितिले सो निर्देशन दिएको हो ।

ईसीडी शिक्षकका मागमा सरकारले गर्यो सहमति शुक्रबार, असोज १२, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)का मागमा सरकारले सहमति गरेको छ ।

राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता शुक्रबार, असोज १२, २०८० आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुइै पक्षबीत सहमति जुटेको हो । सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।








