News Griha :: न्यूजगृह
कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान 

काठमाडौं— कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् ।

कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन असोज १७ गते दिउँसो  १ बजेका लागि आह्वान गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:४५
Weather Update