धौलागिरि आरोहण सुरु शनिबार, असोज १३, २०८०
खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै शनिबार, असोज १३, २०८० ललितपुर महानगरपालिका–२१ खोकनामा तोरी खेती कम हुँदै जान थालेका छन् । साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् । अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् ।

एमाले बाग्मती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी शनिबार, असोज १३, २०८० नेकपा एमालेको प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

ईसीडी शिक्षकलाई स्थायी हुने अवसर शनिबार, असोज १३, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिसँग शुक्रबार गरेको सहमतिको बुँदा १ ‘ख’ मा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई स्थायी हुने बाटो खोलिदिएको छ ।

शनिबार चट्याङसहित हल्का वर्षाको सम्भावना शनिबार, असोज १३, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा यसवर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने जनाएको छ ।मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने महाशाखाले एक बुलेटिन जारी गर्दै भनेको छ ।

आजदेखि सोह्रश्राद्ध आरम्भ शनिबार, असोज १३, २०८० आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

शनिबार तपाईंको राशिफल हेर्नुस् शनिबार, असोज १३, २०८० असोज १३ गते शनिबार । असोज कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग ध्रुव कौलव रेवती । सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) द्वितीया श्राद्ध । तपाईंको राशिफल यस्तो छ ।
![सूर्यास्त र चन्द्रमा [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/sunset-1696003456.jpg)
सूर्यास्त र चन्द्रमा [तस्बिरहरु] शुक्रबार, असोज १२, २०८०

खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन शुक्रबार, असोज १२, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन...

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि शुक्रबार, असोज १२, २०८० यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो ।

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु शुक्रबार, असोज १२, २०८० पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्यूजले जनाएको छ ।

काठमाडौमा बढे डेँगुका बिरामी, अझै एक महिना जोखिम शुक्रबार, असोज १२, २०८० एक हप्तादेखि महानगरका ३२ वटै वडामा डेँगुका बिरामी बढेका महानगर स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेँगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते शुक्रबार, असोज १२, २०८० छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।









