News Griha :: न्यूजगृह
एमाले बाग्मती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

काठमाडौं— नेकपा एमालेको प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

गएराति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुंगेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका नेताहरूले  विजयीलाई बधाई दिए ।

अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए ।

यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष  केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:२३
Weather Update