News Griha :: न्यूजगृह
सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते
छत्रेश्वरी गाउँपालिकाको तीर्थपोले नजिकै दुर्घटनामा परेको जीप । 

सल्यान— सल्यानमा भएको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

छत्रेश्वरी गाउँपालिका–५लेखपोखराबाटगरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा दृत्यु हुनेमा शारदा नगरपालिका–१५माल्नेटाकी ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । घाइतेहरूको नाम भने खुलेको छैन ।

गम्भीर घाइते सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । घाइते १४ जनाको जिल्ला अस्पताल सल्यानलगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:४३
Weather Update