चिकित्सकहरु शनिबार पनि सकडमा शनिबार, असोज १३, २०८०

प्रतिनिधि सभाको बैठक भोलि, यस्तो छ कार्यसूची शनिबार, असोज १३, २०८० प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

एमालेको कोशी अधिवेशनमा आज उम्मेदवारी दर्ता, भोलि मतदान शनिबार, असोज १३, २०८० नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

एनएसएल अक्सनमा लकेन, सनिश, दिनेश र सीमान्त सर्वाधिक मूल्यमा बिक्री शनिबार, असोज १३, २०८० नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ए मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । नेपाली राष्ट्रिय टिमका फर्वाड लकेन लिम्बू सबै नौ वटै टिमको रोजाइमा परे । त्यस्तै, झापा एफसीमा क्याटगोरी ए का सर्वाधिक मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्राङ्क रुबियो शनिबार, असोज १३, २०८० नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् ।

परीक्षामा थोरै नम्बर ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट शनिबार, असोज १३, २०८० बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत ११ वर्षीय छात्रामाथि कुटपिट भएको हो । उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी हुन् ।

एसियाली खेलकुद खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित शनिबार, असोज १३, २०८० एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । हाङझावको देक्वाइ स्पोर्ट्स सेन्टरमा शनिबार भएको प्रारम्भिक चरणको समूह ‘सी’ को खेलमा नेपालमाथि भियतनामले ३-० को सोझो सेटमा जित हात पारेको हो ।

सुर्खेतको एक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त शनिबार, असोज १३, २०८० वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको स्कुलको होस्टेलमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ का सलाम पुलामी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने शनिबार, असोज १३, २०८० नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।

कृषि र पशुपालनबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्छन् बाग्लुङका त्रिलोचन सापकोटा शनिबार, असोज १३, २०८० पशु र बालीमा कुनै रोगको संक्रमण नभए आम्दानी राम्रो हुने उनले बताए । उनले भने, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक पाँच लाख खर्च भए पनि १० लाख बचत हुन्छ ।’ निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताए ।

नयाँ दिल्लीमा रहेको अफगानी दूतावास बन्द शनिबार, असोज १३, २०८०

एमाले कर्णाली अधिवेशन : अध्यक्षका दुई दाबेदारले लिए उम्मेदवारी फिर्ता शनिबार, असोज १३, २०८० नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका उम्मेदवारमध्ये दुई जना दाबेदारले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका पाँच उम्मेदवारमध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल शनिबार, असोज १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् ।चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा...









