
काठमाडौं— प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि पटकपटक सर्दै आएको राष्ट्रिय सभाको बैठक भने असोज १८ गते बिहीबारका लागि तोकिएको छ । सरकारले संसद्लाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिब दुई साता विदेश भ्रमणमा गएकाले बैठक राखिएको थिएन ।