News Griha :: न्यूजगृह
अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री
अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् ।
चिनियाँ लगानी भित्र्याउन पहल गरेका छौं : अध्यक्ष ढकाल
चिनियाँ लगानी भित्र्याउन पहल गरेका छौं : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताएका छन् ।चीनको छन्दुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए ।
कृषि ज्ञान केन्द्र वीरगन्जमा कर्मचारी नहुँदा सेवा प्रभावित
कृषि ज्ञान केन्द्र वीरगन्जमा कर्मचारी नहुँदा सेवा प्रभावित लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ ।  कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए ।
शासकीय चरित्रमा सुधार नहुँदा नागरिकको टिप्पणी बढेको छ : सांसद चौधरी
शासकीय चरित्रमा सुधार नहुँदा नागरिकको टिप्पणी बढेको छ : सांसद चौधरी विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् ।
आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक संसदमा पेस गर्ने 
आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक संसदमा पेस गर्ने  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भोलि आइतबार (१४ असोज) प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने भएका छन् ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।
नायक अनमोल केसी अस्पतालमा भर्ना
नायक अनमोल केसी अस्पतालमा भर्ना आपराधिक विश्वासघात आरोपमा पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् ।उनलाई शुक्रबार राति ११ बजे महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
चितवनमा दूध बजारीकरणमा समस्या
चितवनमा दूध बजारीकरणमा समस्या दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।संघका अध्यक्ष किशोर बगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे । अहिले दूधको...
एमाले कर्णाली प्रदेश नेतृत्वका लागि मतदान हुँदै
एमाले कर्णाली प्रदेश नेतृत्वका लागि मतदान हुँदै नेकपा एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ ।  कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्किंदै
प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्किंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किंदैछन् । विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् ।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए ।
Weather Update