News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्किंदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किंदैछन् । विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए ।

न्यूयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनलगायत अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री असोज ५ गते अमेरिकाबाट चीन भ्रमणका लागि पुगेका थिए । उनी चीनमा जारी दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमासमेत सहभागी भएका थिए ।

चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चीनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन् । सोक्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:१०
Weather Update