शासकीय चरित्रमा सुधार नहुँदा नागरिकको टिप्पणी बढेको छ : सांसद चौधरी
काठमाडौं— विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् ।
संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन् ।
उनले भने,‘अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ । यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ । व्यवस्थाप्रति आकर्षण बढाउनुपर्छ ।’
शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १०:५१