News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको छ । क्यानडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:३८
Weather Update