News Griha :: न्यूजगृह
एमाले कर्णाली प्रदेश नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं— नेकपा एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ ।  कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:१८
Weather Update