यी चार प्रदेशमा बिहानैदेखि वर्षा, दिनभर मौसम कस्तो रहला ? आइतबार, असोज १४, २०८०

आइतबार कुन राशि हुनेलाई कस्तो लाभ ? हेर्नुस् आइतबार, असोज १४, २०८० असोज १४ गते आइतबार । असोज कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग व्याघात गर अश्विनी । तृतीया श्राद्ध । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । राशिफल ।

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ पनि बढ्यो शनिबार, असोज १३, २०८० नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता शनिबार, असोज १३, २०८० सरकार र चिकित्सकबीच सहमति भएको छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।
बाढीले जीप बगायो, तीन यात्रु बेपत्ता शनिबार, असोज १३, २०८० बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपका चालक भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ...

प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षणपत्र : आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो शनिबार, असोज १३, २०८० नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–सांस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन्...

पोखरामा विदेशी पर्यटक बढे शनिबार, असोज १३, २०८०

साफ यु–१९ को उपाधि भारतलाई शनिबार, असोज १३, २०८० काठमाडौंमा भएको साफ यु–१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । उसले पाकिस्तानलाई ३-० ले पराजित गरेको हो । भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

सरकार र आन्दोलनरत चिकित्सकहरुको वार्ता जारी शनिबार, असोज १३, २०८० सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ । पोखराको मणिपाल अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

रसुवाबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ शनिबार, असोज १३, २०८० केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । १ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबी स्रोतले जनाएको छ ।

करिब तीन केजी सुनसहित विमानस्थलबाट एक जना पक्राउ शनिबार, असोज १३, २०८० पक्राउ पर्नेमा फिलिपिन्सकी ३० वर्षीया आर्बिकोन् अरोन्स मनालाङ्ग छिन् । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनी फ्लाइ दुबईको उडानद्वारा काठमाडौं आएकी हुन् ।

काभ्रेबाट ८ जना जुवाडे पक्राउ शनिबार, असोज १३, २०८० पनौती नगरपालिका–५, चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले अधिकारीसहित ८ जनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट ५५ हजार ९९० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’ शनिबार, असोज १३, २०८० नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए ।









