उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने आइतबार, असोज १४, २०८०

मूल्यवृद्धिप्रति सरकारलाई बाबुरामको प्रश्नैप्रश्न आइतबार, असोज १४, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले गरेको मूल्यवृद्धिप्रति प्रश्नैप्रश्न गरेका छन् । सरकारले चाडबाडको मुखमा इन्धन र खाद्यान्न मूल्यवृद्धि गरेपछि बाबुरामले आइतबार जनताप्रति असंवेदनशील हुँदै गएको भन्दै प्रश्न गरेका हुन् ।

अभिनाशले तोडे सन्दीपको कीर्तिमान आइतबार, असोज १४, २०८० १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अभिनाश बोहराले सन्दीप लामिछानेको कीर्तिमान तोडेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका उत्कृष्ट बलिङ गर्ने कीर्तिमान बनाएका हुन् ।

घटिरहेको सुनको मूल्य कतिमा हुँदैछ कारोबार ? आइतबार, असोज १४, २०८० आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबारदेखि घटिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो ।मंगलबार चार सय, बुधबार आठ सय, बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय र आइतबार प्रतितोला आठ सय रुपैयाँ गरी सुनको मूल्य घटिरहेको छ ।

राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै आइतबार, असोज १४, २०८० नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रचण्ड—ओली भेटवार्ता : सुन तस्करी छानबिन आयोग आजै गठन गरिने आइतबार, असोज १४, २०८० सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको छ ।गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामंगलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।आज...

प्रधानमन्त्री दाहालको आह्वानमा सात दलको बैठक बस्दै आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।आइतबार प्रधानमन्त्री दाहालले सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेपछि दाहालले साे बैठक बोलाएका हुन् ।

मदन पुरस्कार— २०७९ ऐँठन र जगदम्बा–श्री टेकवीर मुखियालाई आइतबार, असोज १४, २०८० मदन पुरस्कार गुठीले वि.सं.२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई दिने निर्णय गरेको छ ।

मूल्य वृद्धिमा आपत्ति जनाउँदै रविले गरे प्रधानमन्त्रीले बोलाएर बैठक बहिस्कार आइतबार, असोज १४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चाडबाडको मुखमा सरकारले मूल्यवृद्धि गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक वहिष्कार गरेको बताएका छन् ।

बाख्रापालनबाट वार्षिक सात लाख कमाउँछिन् श्रीमाया आइतबार, असोज १४, २०८० तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आलेले विगत केही वर्षदेखि बाख्रापालन गर्दै आएकी छिन् । उनले गाउँमा नै बाख्रा बिक्री गरी आम्दानी गरेकी हुन् । ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ,’श्रीमायाले भनिन् ।

तीनकुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु आइतबार, असोज १४, २०८० काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीयले बाग्मती नदी किनारमा बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित आइतबार, असोज १४, २०८० मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु राष्ट्रपति निर्वाचित भएका हुन् ।

एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो आइतबार, असोज १४, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएकाे छ ।









