घटिरहेको सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
काठमाडौं— आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबारदेखि घटिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो ।
मंगलबार चार सय, बुधबार आठ सय, बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय र आइतबार प्रतितोला आठ सय रुपैयाँ गरी सुनको मूल्य घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १२:१८