सशस्त्र प्रहरी बलका पूर्वजवानको हत्या छिमेकीबाट, कारण अनैतिक सम्बन्ध आइतबार, असोज १४, २०८०

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, असोज १४, २०८० न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अजितकुमार सिंहको हत्या योजनाकार श्रीमती, कारण विवाहेत्तर सम्बन्ध आइतबार, असोज १४, २०८० बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ गते अजितकुमार सिंहको गोली हानेर हत्या भयो । असोज ९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मिनियाँस्थित पोखरीमा २२ वर्षीय अजितकुमारको हत्या भएको थियो ।

प्रदेशहरू कामकाजी हुन सकेनन्, पंगु बनाएर राखियो : गगन थापा आइतबार, असोज १४, २०८० नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरू कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरू निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

सिरहामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते आइतबार, असोज १४, २०८० आइतबार दिउँसो राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीका अनुसार दुई जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते छन् ।

गगन थापाको प्रस्ताव — कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔँ आइतबार, असोज १४, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।

स्लाइसमा अखाद्य वस्तु भेटियो, उत्पादक कम्पनीलाई २ लाख जरिवाना आइतबार, असोज १४, २०८० सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।

सरकारको नेतृत्व कांग्रेसले नै गरेको छः पूर्वमन्त्री बडू आइतबार, असोज १४, २०८०

ओढारमा लुकाएर सुन राख्ने सात पक्राउ आइतबार, असोज १४, २०८० जिल्ला प्रहरी कार्यालय दोलखाले ओढारमा लुकाएर सुन राख्ने सात जनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।दोलखा प्रहरीले आइतबार लामाबगरबाट थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो...

दोलखामा थप ४ किलो सुन बरामद आइतबार, असोज १४, २०८० दोलखामा नेपाल प्रहरीले आइतबार थप ४ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएकाे जानकारी अनुसार बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद गरिएको हो ।

अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालय लगियो आइतबार, असोज १४, २०८० आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ ।

नेप्से परिसूचकमा ३३.२० अंकको गिरावट आइतबार, असोज १४, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अंगले घटेर एक हजार नौ सय ७१ दशमलव १० अंकमा कायम भएको छ ।

शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ, ट्रेड युनियन अधिकार भने छ : शिक्षामन्त्री राई आइतबार, असोज १४, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।









