News Griha :: न्यूजगृह
सशस्त्र प्रहरी बलका पूर्वजवानको हत्या छिमेकीबाट, कारण अनैतिक सम्बन्ध 
श्यामलाल महतो उर्फ सामलाली

बारा— सशस्त्र प्रहरी बलका पूर्व जवान अमरेशकुमार सिंहको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

असोज ८ गते राति साढे १२ बजे नेपाल—भारत दसगजामा अमरेशकुमार सिंह मृत भेटिएका थिए । मृतकले ६ महिना पहिले मात्रै सशस्त्र प्रहरीबाट राजिनामा दिएका थिए ।

सिंहलाई पचरौतानगरपालिका–१ स्थित पिपरपाती गाउँ नजिककै धारिलो हतियार प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्या आरोपमा ३ जनालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

पक्राउ पर्नेमा पचरौतानगरपालिका–१ बस्ने ३५ वर्षीय श्यामलाल महतो उर्फ सामलाली, राजु साह र श्यामलालको भाइ जागृत उर्फ झोझा छन् । पक्राउ परेका तीन जना मृतकका छिमेकी हुन् ।

श्यामलालले धादिङमा बस्ने आफ्ना छोरा २० वर्षीय अधेशकुमार लाई बोलाएर कान्छा छोरा १६ वर्षीय धनेशकुमार र भारतीय नागरिक २१ वर्षीय राहुल साह कानुको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

मृतक अमरेशकुमार छिमेकमा अनैतिक सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको देखिएको छ । हत्यामा संलग्न ३ जना फरार  जना फरार छन् । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:३९
Weather Update