News Griha :: न्यूजगृह
एमाले कोशी अधिवेशनमा मतदान सम्पन्न, दिउँसो मतगणना
एमाले कोशी अधिवेशनमा मतदान सम्पन्न, दिउँसो मतगणना एमाले अधिवेशनमा आइतबार राति साढे १० बजेदेखि मतदान सुरु भएको थियो । आइतबार बिहान साढे ५ बजे मतदान सकिएको हो  । मतगणना भने सोमबार दिउँसोदेखि सुरु गर्ने तयारी छ ।
एमसीसी सीईओ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
एमसीसी सीईओ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ ।आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ । अल्ब्राइट पाँच दिन काठमाडौंमा रहनेछिन् । 
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । 
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका २३ वर्षीय प्रेम मगर, दोलखाका २६ वर्षीय लालमान तामाङ र रामेछापका २ का २६ वर्षी प्रेम रसाइली छन् ।
आज सोमबार तपाईंको राशिफल
आज सोमबार तपाईंको राशिफल असोज १५ गते सोमबार । असोज कृष्ण तृतिया तिथि । पञ्चाङ्ग हर्षण विष्टि । भद्रा भरणी । चतुर्थी श्राद्ध । विश्व अहिंसा दिवस ।
रोल्पामा एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु
रोल्पामा एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु दुर्घटनामा च्यापिएर दाङको राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको देउखुरीस्थित लठहवादेखि रोल्पाको लिबाङ ल्याउँदै गरेको रा १ क ११८७ नम्बरको एस्काभेटर रोल्पा नगरपालिका-१ भदौरे नजिक घुम्तीमा दुर्घटना भएको हो ।
वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ
वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट शनिबार राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आइतबार पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।
अभिनेता अनमोल केसी रिहा
अभिनेता अनमोल केसी रिहा प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न आइतबार अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हट्यो
सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हट्यो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलङ्गवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत् सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।
सरकारी साक्षीले नै बयान फेरेपछि...
सरकारी साक्षीले नै बयान फेरेपछि... अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौं गोकर्णेश्वरका ज्ञानहरि लामाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
सोल्टी होटलको शेयर बेचेर जहाज खरिद गर्न वायु सेवा निगमलाई सुझाव [प्रतिवेदनसहित]
सोल्टी होटलको शेयर बेचेर जहाज खरिद गर्न वायु सेवा निगमलाई सुझाव [प्रतिवेदनसहित] निगम वर्तमान पूँजी अभाव, ऋण बढी र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष समितिले निकालेको छ । अध्ययन प्रतिवेदनका अनुसार निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ । जसको अहिलेको बजार मूल्य अनुसार साढे ४ अर्ब रुपैयाँ हुने र सो शेयर...
सुन तस्करीमा वैकल्पिक रुट प्रयोग गर्दै तस्कर 
सुन तस्करीमा वैकल्पिक रुट प्रयोग गर्दै तस्कर  प्रहरीको सूक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । एक सातामै वैकल्पिक मार्गबाट आएको १२ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।
Weather Update