News Griha :: न्यूजगृह
अजितकुमार सिंहको हत्या योजनाकार श्रीमती, कारण विवाहेत्तर सम्बन्ध
अजितकी पत्नी २३ वर्षीय सोनम सहनी

काठमाडौं— बाराको पचरौतानगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ गते अजितकुमार सिंहको गोली हानेर हत्या भयो ।

असोज ९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मिनियाँस्थित पोखरीमा २२ वर्षीय अजितकुमारको हत्या भएको थियो ।

goli-1696167385.jpg
अजितकुमार सिंहको हत्या गर्न प्रयोग भएको गोली  ।

मृतक भारतको मोतिहारीका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनीलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

shing--1696167194.jpg
सुटर सुजितकुमार सिंह

सोनमसँग मिलेर सुजितकुमार सिंहको समूहले अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुटर २५ वर्षीय सुजितकुमार सिंह पनि भारतीय नागरिक हुन् ।

हत्या आरोपितसुजितकुमार सिंह र सोनम विवाहेत्तर सम्बन्धमा थिए ।  विवाहेत्तर सम्बन्धका कारण पत्नीसँग मिलेर सुजितले हत्या गर्ने योजना बनाएको एसपी सुरेन्द्र काफ्लेले जानकारी दिए । हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार छन् ।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:०९
Weather Update