News Griha :: न्यूजगृह
अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालय लगियो

काठमाडौं— आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ ।

टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थप गर्न प्रहरीले आइतबार सरकारी वकिल कार्यालय लगेको हो ।

पैसा लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शुक्रबार केसी साँगाबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:१८
Weather Update