प्रधानमन्त्री दाहालको आह्वानमा सात दलको बैठक बस्दै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।
आइतबार प्रधानमन्त्री दाहालले सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेपछि दाहालले साे बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सात दलको बैठक केही बेरमा बस्दैछ ।
बैठकमा संसद बैठक र सुन तस्करीबारे आयोग गठन गर्ने विषयमाथि छलफल हुने शर्माले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ११:४८