News Griha :: न्यूजगृह
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं- सरकार र चिकित्सकबीच सहमति भएको छ ।

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।

पछिल्लो समय पोखराको मणिपाल, चितवनको माडी, हेटौँडाको सन्चो, कञ्चनपुरको बेलौरी अस्पतालमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र  डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।   

यस्तो छ सहमति

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २१:०१
Weather Update