News Griha :: न्यूजगृह
‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’
फाइल तस्बिर

काठमाडौं—  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए ।

'सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,' नेता केसीले भने । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाउनुभयो ।  

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:३९
Weather Update