नायक अनमोल केसी अस्पतालमा भर्ना

काठमाडौं— आपराधिक विश्वासघात आरोपमा पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
उनलाई शुक्रबार राति ११ बजे महाराजगञ्जस्थित चिरायु अस्पताल*मा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो ।
रावायण नाम फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।
यो पनि पढ्नुहोस
अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै अन्तरिम आदेश लिएको पाइयो, प्रहरी भन्छ— आइतबार अदालतमा हाजिर गराउँछौँ
*यसअघि भुलवश अस्पतालको नाम फरक पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० ०९:२०