News Griha :: न्यूजगृह
एमाले कर्णाली अधिवेशन : अध्यक्षका दुई दाबेदारले लिए उम्मेदवारी फिर्ता

सुर्खेत— नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका उम्मेदवारमध्ये दुई जना दाबेदारले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका पाँच उम्मेदवारमध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका थिए । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

एमाले कर्णाली अधिवेशनले पाँच जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १३:२६
Weather Update