
विराटनगर— नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ः १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि आकाङ्क्षीहरूले मनोनयन दर्ता गरिरहेका छन् ।
नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् । अधिवेशनका लागि ९९७ जना प्रतिनिधि विराटनगर पुगेका छन् ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।