ईसीडी–राहत शिक्षक र सरकारबीच वार्ता जारी शुक्रबार, असोज १२, २०८०

सप्तरीको योगीनियामा आगलागीबाट चार घर नष्ट शुक्रबार, असोज १२, २०८० सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चार वटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले...

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह शुक्रबार, असोज १२, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे ।

शान्ति सुरक्षाका लागि डाक्टरसँग स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ : स्वास्थ्यमन्त्री शुक्रबार, असोज १२, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताएका छन् ।प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थासँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।

निर्वाहमुखी कृषि प्रणाली परिर्वतन नभएसम्म विकास सम्भव छैन : स्वर्णिम वाग्ले शुक्रबार, असोज १२, २०८० सांसद तथा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले निर्वाहमुखी कृषि प्रणालीबाट परिर्वतन नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्तर्कियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भएपनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए ।उनले वर्षभरी काम गरेर खान...

केपी ओली भन्छन्— सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ शुक्रबार, असोज १२, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन् ।पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता...

खाद्यले बेच्यो कुहिएको चामल शुक्रबार, असोज १२, २०८० खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौंबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का शुक्रबार, असोज १२, २०८० कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव संकलन, स्थानीय सरकार संघ महासंघको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए ।

सोह्रश्राद्धका लागि मुक्तिनाथमा चहलपहल शुक्रबार, असोज १२, २०८० हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा शुक्रबार, असोज १२, २०८० राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

अर्थ समितिको कार्यविधि स्वीकृत शुक्रबार, असोज १२, २०८० अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए ।उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् ।

तनहुँकाे भानुमति साना किसान कृषि सहकारीका प्रबन्धक पक्राउ शुक्रबार, असोज १२, २०८० भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार, असोज १२, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वंशाणुगत रोग नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।









