संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं— कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव संकलन, स्थानीय सरकार संघ महासंघको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए ।
संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत संघीय कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।
उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेस भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र संघीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १४:२९