News Griha :: न्यूजगृह
केपी ओली भन्छन्— सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ

विराटनगर— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन् ।

पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे ।

‘यो अपराध संरक्षण गर्ने सरकार हो’, उनले भने, ‘यो तस्कर संरक्षण गर्ने सरकार भयो । यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन ।’

उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए । ‘हामी अहिले सरकारमा जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने अर्काे त्यस्तो उपयुक्त विकल्प म देख्दिनँ । प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता सामर्थ कांग्रेसमा मैले देख्या छैन’अध्यक्ष ओलीले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:०२
Weather Update