News Griha :: न्यूजगृह
वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्त्वपूर्ण  : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वंशाणुगत रोग नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा नेपाल–भारत पशु चिकित्सकको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले स्वस्थ जनावर उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । 

उनले भने,‘सम्मेलनले हामीलाई स्वस्थ जनावार उत्पादन गर्न, वंशाणुगत रोग नियन्त्रण गर्न र मानिसलाई सुरक्षित खाद्यान्न उपलब्ध गराउन अगुवाइ गर्न मद्दत गर्नेछ ।’

भेटेरिनरी पब्लिक हेल्थ नेपाल र एशाेसिएशन अफ पब्लिक हेल्थ भेटेनरियन्स भारतको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

नेपालजस्ता न्यून र मध्यम आय भएका देशमा जनस्वास्थ्यको महत्व अझै बढी रहेको भन्दै उनले आफ्नो गम्भीर भूमिकालाई पूरा गर्न पशुचिकित्सकलाई अनुरोध गरे ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:५५
Weather Update