News Griha :: न्यूजगृह
निर्वाहमुखी कृषि प्रणाली परिर्वतन नभएसम्म विकास सम्भव छैन : स्वर्णिम वाग्ले

काठमाडौं— सांसद तथा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले निर्वाहमुखी कृषि प्रणालीबाट परिर्वतन नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।

‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्तर्कियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भएपनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए ।

उनले वर्षभरी काम गरेर खान नपुग्ने कृषि प्रणाली छोडेर नयाँ तर उत्पादनमुखी कृषि प्रणाली अवलम्बन गर्न सके मात्र विकास सम्भव हुने धारणा राखे ।

वाग्लेले भने,‘कृषिको २४ प्रतिशतको हिस्सा घट्नुपर्छ भन्छु म । घट्छ पनि । तर, उत्पादकत्व चाँहि बढ्नुपर्‍यो  । कृषि क्षेत्रको अंश घटिरहेको छ । किनकी त्यो निर्वाहमुखी कृषिबाट हामी सबै भागेका हौं । १६, १७ घण्टा काम गर्दा पनि बल्लबल्ल दुई छाक खान सक्ने कृषिबाट भागेका हौं र भाग्नै पर्छ । नभए विकास नै हुँदैन । तर, यसको ठाउँमा थोरै इनपुटले पनि धेरै आउने खालको उच्च उत्पादन हुने कृषिमा हामी जानुपर्छ ।’

उनले कृषि मात्रै नभएर उद्योगको योगदानलाई पनि दशदेखि १२ प्रतिशतसम्म पुर्‍याउन सकिने धारणा राखेका छन् । साथै उनले ग्रिन इनर्जिको क्षेत्रमा नेपालमा सम्भावना देखिएको भन्दै त्यसतर्फ थप अध्ययन गर्नुपर्नेमा जोड दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:२०
Weather Update